पहिरो खस्दा बैतडी र दार्चुला जोड्ने सडकखण्ड अवरुद्ध

दार्चुला । बैतडी र दार्चुला जोड्ने दशरथचन्द राजमार्ग सडक माथिबाट पहिरो खस्दा अबरुद्ध बनेको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर–४ जेउडेमा आइतवार ६ बजेको समयमा मोड सुधारको क्रममा कटिङ क्षेत्रबाट खसेको पहिरोले सडक पूृर्णरुपमा अबरुद्ध बनेको सडक डिभिजन कार्यालय पाटनका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो ।

प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको र रातीको समयमा पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले भोली बिहानैदेखि पहिरो पन्छाउने काम थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र मीश्रले बताउनुभयो । पहिरोको जोखिम अझै पनि रहेकाले रातीको समयमा सडक खुलाउन नसकिने बताईएको छ ।

सडक अबरुद्ध बनेसंगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधनहरु त्यही रोकिएका छन्, भने यात्रुहरु अलपत्र अवस्थामा रहेका छन् । प्रशासनले दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सतबाज लगायतका बजार क्षेत्रमा सुरक्षित राख्न आग्रह गरेको छ, भने तराइका जिल्लाबाट आएका सवारी साधनका यात्रुहरुलाई पाटन बजारमा बस्न आग्रह गरिएको छ ।

सोही व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्याय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोली यात्रु व्यवस्थापनमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?