दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका आङ्गिक क्याम्पसहरूमा सहायक क्याम्पस प्रमुखहरू नियुक्त गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत दार्चुलामा सञ्चालित दार्चुला बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा उप-प्राद्यापक करन सिंह साउद र गोकुलेश्वर बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा उप-प्राद्यापक कबिराज जोशी नियुक्त हुनुभएको छ ।
दार्चुला बहुमुखी क्याम्पस प्रमुखमा नरेन्द्र राज अवस्थी र गोकुलेश्वर बहुमुखी क्याम्पस प्रमुखमा परमल सिंह महरा कार्यरत रहनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरूमा क्याम्पस प्रमुख नियुक्त भएको लामो समयपछि सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया