दार्चुलातर्फ ऐतिहासिक जोलजीवि मेला-महोत्सव समापन

दार्चुला । ऐतिहासिक जोलजीवी मेला तथा सांस्कृतिक महोत्सव २०८१ दार्चुलातर्फ समापन भएको छ । मङ्सिर १ गते मालिकार्जुन गाउँपालिका-७ जोलजीविमा मेला महोत्सव सम्पन्न भएको हो ।

नेपाल र भारतको सीमा क्षेत्र तथा काली र गोरी नदीको संगमस्थल जोलजिवीमा ऐतिहासिक जोलजीवि मेला भारततर्फ भने जारी छ । हरेक वर्ष साताव्यापी लाग्दै आएको ऐतिहासिक व्यापारिक तथा सांस्कृतिक महत्व बोकेको जोलजीवि मेलाको गत शनिवार नेपालतर्फ उद्घाटन भएकोमा आज सम्पन्न भएको हो ।

सन् १८७१ बाट निरन्तर लाग्दै आएको जोलजीवि मेलामा नेपाल, भारत र तिब्बत तीन देशको संस्कृति देख्न सकिन्छ । जोलजीवि मेलाको ऐतिहासिक महत्वलाई निरन्तरता दिने उद्देश्य अनुरुप पछिल्लो समय स्थानीय सरकारले मेला आयोजना गर्ने गरेको छ । ११० वर्ष पहिले भारतको उत्तराखण्डको जोलजीविमा अस्कोटी राजा पुष्कर पालले मेलाको सुरुवात गरेको मानिन्छ । नेपालको जोलजीवि र भारतको झोलजीवि दुबैतर्फ सांस्कृतिक तथा व्यापारीक मेला लाग्ने गरेको छ । जोलजीवि मेलाको अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्ध छ ।

यो मेला व्यापारको लागि प्रख्यात छ । विभिन्न ठाउँका व्यापारी यहाँ व्यापार थाप्न आउछन । हुम्ला, जुम्लाका घोडाको व्यापार पनि हुन्छ । स्थानीयले उत्पादन गरेका उत्पादन विक्री वितरण हुन्छन् । तर अहिले यो परम्परा विस्तार घट्दै गएको छ ।

मालिकार्जुन गाउँपालिकाले मेलामा जिल्लास्तरीय खुल्ला गायन प्रतियोगिता, स्थानीय सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी लगायतका कार्यक्रम पनि राखेको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ मा लागेको मेला अवधिभर नेपाल–भारत जोड्ने पुल राती साढे १० बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । मेलाको अवसरमा व्यापारका साथै सांस्कृतिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । नेपालतर्फ मेला उद्घाटनमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, प्रदेशसभा सदस्य बिक्रमसिंह धामी लगायत जनप्रतिनिधिको आतिथ्यता रहेकोमा समापन समारोहमा प्रदेश सभा सदस्य मानबहादुर धामी सन्तोष लगायत विभिन्न पालिका प्रमुख अध्यक्ष लगायत जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । भारततर्फ केही दिन अझै व्यापार हुने मेला व्यवस्थापन समितिले जनाएको छ । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?