चार दशक शिक्षण सेवा गरेका दामोदर पन्तको भव्य विदाइ

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–४ मा अवस्थित गल्लाकेदार मावि खरकडाका निर्वतमान प्रधानाध्यापक दामोदर पन्तको भव्य कार्यक्रमका बिच विदाइ गरिएको छ । आफ्नो जीवनका ४ दशक भन्दा बढी समय शिक्षण सेवामा बिताउनुभएका पन्तको विद्यालय परिवारले सम्मानसहित विदाइ गरेको हो ।

चार दशक शिक्षण पेसा गरेका पन्तले गाउँकै गल्लाकेदार मावि खरकडामा ३१ वर्ष ११ महिना १९ दिन प्रधानाध्यापकको रूपमा काम गरेर अनिवार्य अवकाशपछि विदाइ गरिएको हो । प्रद्यानाध्यापक पन्तले उक्त विद्यालयमा ३९ वर्ष वढी काम गरेको स्मरण गर्दै सेवानिवृत्त जीवन सुखमय वितोस भन्ने कामनासहित विदाइ गरिएको शिक्षक गणेश गिरीले बताउनुभयो ।

अहिले उक्त विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी श्रवणकुमार चौधरीले प्राप्त गर्नुभएको छ । शिक्षक पन्तसंगै लामो समय विद्यालयमा सेवा गरेका कार्यालय सहयोगी भगत सिंह बगालको पनि विदाइ गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश सिंह कुवँरको अध्यक्षता एंव शिक्षक विद्यार्थी, अभिभावक, स्थानीय लगायत सरोकारवालाको उपस्थितिमा विदाई गरिएको उहाँले बताउनुभयो ।

विद्यालयले विद्यालयमा केहि समय पहिलेबाट कार्यरत विद्यालयका प्रधानाध्यापक श्रवण कुमार चौधरी, जयन्ती बिष्ट कुवँर, बिर सिंह बगाल, गोपाल सिंह धामी, इन्द्र देब ओझा पूजा गिरी र गौरी पन्तलाई स्वागत पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?