दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा शैचालयको खाडल खन्ने क्रममा ढुंगामुनि च्यापिएर एक जना घाईते हुनुभएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर–५ मोहतीमा शनिवार (आज) बिहान शैचालयको खाडल खन्ने क्रममा ढुंगामुनी च्यापिएर ५० वर्षीय नरेन्द्र बडाल घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
घाईते बडाडललाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया