गाेकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा नरेन्द्र नाथको अध्यक्षतामा सञ्चालक समिति चयन

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका-५ मा अवस्थित गाेकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा नरेन्द्र नाथको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।

भेलाबाट कलेजको सञ्चालक समिति अध्यक्षमा नाथ सर्वसम्मत निर्वाचित भएसंगै अध्यक्ष नाथ र सदस्य सचिव समेत रहनुभएका कलेज प्रमुख परमानन्द जोशीको उपस्थितिमा बैठक बसी सञ्चालक समितिलाई पूर्णता दिइएको छ ।

जसअनुसार उपाध्यक्षमा दुर्गादत्त नाथ, सदस्यहरूमा अत्तर बहादुर बोहरा, जगदीश नाथ, बलबहादुर माल, कृष्ण नाथ योगी र माधवी नाथ चयन गर्ने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष नरेन्द्र नाथले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?