दुर्गादत्त मिश्र,दार्चुला । दार्चुलामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर–४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर मार्मा गाउँपालिका वडा नम्बर–५ स्थायी घर भएका ३६ वर्षीय राजेन्द्र महताको शुक्रवार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
महताले छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर घटनास्थलमै मृत्यु भएको जानकारी पाप्त भएको उहाले बताउनुभयो ।घटना शुक्रवारको भए पनी प्रहरीमा आजै मात्रै जानकारी आएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया