गोकुलेश्वर माविको अध्यक्षका लागि मनोनयन गरेका १६ जनाकै नाम नगरपालिका पठाइयो (नामावली)

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा अवस्थित गोकुलेश्वर माविको विव्यस अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ । शनिबार बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति चयनका लागि सहमति नभएपछि मनोनयनपत्र दर्ता गरिएको थियो । जसअनुसार १६ जनाले मनोनयन गरेका छन् । विव्यस अध्यक्षमा सहमति नभएपछि मनोनयनको नामावली शैल्यशिखर नगरपालिकामा पठाउने निर्णय गरिएको छनोट सहयोग समिति सदस्य एवम् विद्यालयका प्रधानाध्यापक पिताम्बर बिष्टले जानकारी दिनुभयो ।

गोकुलेश्वर माविको विव्यस अध्यक्षका लागि मनोनयन गराउनेहरूमा विशेश्वर प्रसाद बिष्ट, भानबहादुर बिष्ट, ईश्वरदत्त पाण्डेय, कालुबहादुर चन्द, किशौरराज बिष्ट, कोमलराज बिष्ट, लक्ष्मीप्रसाद जोशी, महेशराज बिष्ट, महेशसिंह भण्डारी, प्रेम बल्लभ जोशी, पूर्णबहादुर बिष्ट, रणबहादुर खत्री, रमेशचन्द्र भट्ट, उत्तरसिंह बिष्ट, जगदीशबहादुर चन्द, उत्तरसिंह बिष्ट रहेका छन् ।

शैल्यशिखर नगरपालिकाको शिक्षा नियमावली २०७४ को सातौं संशोधन अनुसार  विव्यस अध्यक्ष गठनमा सहमति नभएपछि उम्मेदवारहरूमध्ये अध्यक्ष नगरपालिकाले मनोनीत गर्ने व्यवस्था रहेको छ । उम्मेदवारहरूमा विभिन्न राजनीतिक दलका नेतादेखि समाजसेवी, बुद्धिजीवीहरू छन् । उम्मेदवारहरूले भौतिक पुर्वाधार निर्माण गर्नेदेखि शैक्षिक गुणस्तर सुधार गर्ने एजेन्डा अघि सारेका छन् ।

शिक्षक दरबन्दी र भौतिक पुर्वाधार हुदाहुदै पनि अपेक्षित शैक्षिक गुणस्तर सुधार हुन नसकेको गुनासोका बिच छनोट भइरहेको विव्यस समितिले शैक्षिक गुणस्तर सुधारको लागि प्रभावकारी काम गर्न सक्नुपर्नु आवश्यकता रहेको स्थानीय बुद्धिजीवीहरूको प्रतिक्रिया छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?