अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई ज्ञापन

दार्चुला। पूर्वमन्त्री गणेश सिंह ठगुन्ना नेत्तृत्वको टोलीले विटुले–पारिबगड–खण्डेश्वरी–घुसा सडक खण्डको ट्रयाक द्रुत गतिमा खुलाउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य समेत रहनुभएका पूर्वमन्त्री ठगुन्नाको नेतृत्वमा अपिहिमाल गाउँकमिटीका पदाधिकारी लगायतको टोलीले आइतवार (आज) प्रधानमन्त्री ओलीलाई आवश्यक बजेट विनियोजन गर्न आग्रह सहित एमाले अपिहिमाल गाउँकमिटी अध्यक्ष धर्मानन्द सिंह मन्यालमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाइएको टोलीमा सहभागी जिल्ला कमिटी सदस्य एंव गाउँकमिटी इन्चार्ज शान्ति धामीले जानकारी दिनुभयो ।
उक्त टोलीले यसअघि अर्थमन्त्री र भौतिक पुर्वाधार तथा यातायात मन्त्रीलाई समेत सडक निर्माणका विषयमा ज्ञापन पत्र बुझाएको थियो ।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्र हेर्नुहोसः
सम्माननीय प्रधानमन्त्रीज्यू
नेपाल सरकार, प्रधानमन्त्री कार्यालय सिंहदरबार, काठमाण्डौ
विषयः ज्ञापन पत्र बारे ।
महोदय,
“उपयुक्त सम्बन्धमा दार्चुला जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको यस अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म सडकको पहुँच नहुँदा अपिहिमालबासी जनताले धेरै सास्ती भोग्नु परेको कुरा अवगत गराउन चाहन्छौं । यसै सन्दर्भमा नेकपा एमाले अपिहिमाल गाउँपालिका कमिटीको यही मङ्सिर १ गते बसेको बैठकको निर्णय अनुसार बिटुले पारिबगर खण्डेश्वरी घुसा रणनितिक सडकमा आवश्यक बजेट विनियोजन गरी दुर्त गतिमा ट्रयाक खोल्ने कार्यमा हजुरको सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ।”

दार्चुलाका नौँ स्थानीय तहमध्ये आठवटाको केन्द्रसम्म सडक पुगिसकेको भएपनि अपिहिमाल गाउँपालिकाको केन्द्रसम्म अझै सडकमार्गको पहुँच पुगेको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?