दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–२ लामीपुरका हरिनाथ योगी जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर–३ सिराडमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
मृतक योगी सो क्षेत्रमा विगत केहि महिनाबाट मजदुरी गर्दै आएको र कार्तिक २२ गतेबाट बेपत्ता भएको उहाले बताउनुभयो ।
आईतवार (आज) बिहान स्थानीय सिराड खोलामा योगी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया