दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ मा अवस्थित गोकुलेश्वर अस्पतालमा उपचाररत एक जना बिरामीको मृत्यु भएको छ ।
यहीँ मङ्सिर ३ गते देखि गोकुलेश्वर अस्पतालमा भर्ना भई उपचारमा रहेका धादिङ घर बताउने नाति काजी श्रेष्ठ (प्राय: काजी भनेर चिनिने) को आइतबार (आज) दिउँसो Carido-Respiratory Failure का कारण मृत्यु भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भोजराज बिष्टले बताउनुभयो ।
अन्दाजी ५६ वर्षका श्रेष्ठको मृत्यु भएपनि उनका आफन्त तथा परिवारजन सम्पर्कमा नरहेको बताइएको छ । मृतक श्रेष्ठलाई चिन्नु हुने महानुभावले अस्पताल वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अस्पताल प्रशासनले अनुरोध गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया