दुर्गादत्त मिश्र, दार्चुला । ब्याँसी सौका समुदायका स्थानीय चिसो छल्न भारतिय बाटो हुदै खंलगा झरेका छन् ।
चिसो मौसम शुरु भएसंगै व्याँस गाउँपालिका वडा नम्बर –१ टिंकरका व्याँसी सौका समुदाय पशुचौपायासहित खलंगा झरेका हुन् । गर्मी मौसममा टिंकर उक्लिएकाहरु हिमाली भेगबाट चिसो सुरु भएसगै सदरमुकाम खलंगा झरेका हुन् ।
ब्याँसमा मात्रै बसोबास रहेको सौका समुदायको बसाइसराईलाई उनीहरुको भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ । सौका समुदाय गत मंसिर पहिलो साता गर्मी छल्न थातथलो टिंकर उक्लिएका थिए । अहिले अत्यधिक चिसो बढेपछि स्थानीयले बसाई सराई गरेका हुन् ।
टिंकरका ३५ बढि परिवार आइतबार खलंगा पुगेको व्याँस गाउँपालिका वडा नम्बर –१ का वडा सचिव विनोदसिह बुढाथोकीले बताउनुभयो । गाउँमा अत्यधिक चिसो बढेर हिमपात हुने सम्भावना भएसंगै स्थानीय जिल्ला सदरमुकाम खंलगा कुञ्चा सरेका हुन् ।
३७०० मिटर उचाइको टिंकरका सौका समुदाय हरेक वर्ष ६ महिना बेंसीतिर र ६ महिनामात्रै गाउँमा बसोबास गर्ने गर्दछन् । पशुपालन र व्यापार गर्दै आएका सौका समुदायको खलंगा र टिंकरमा बसोबास हुने गर्दछ । आफ्नो देशको भुगोल भएर आवतजावत गर्न घोरेटो बाटो समेत नहुँदा सर्वसाधारणले आवतजावत गर्न भारतिय बाटो प्रयोग गर्दै आईरहेका छन् ।
सौका समुदायको ब्यासको छाङ्गगरु गाउँमा १ सय ४० र टिंकरमा ७१ परिवारको बसोबास छ । छाङ्गरुका ३५ परिवार मात्रै सदरमुकाम खलंगा पुगेका छन् । अन्य स्थानीयहरु पनी केहि समयपछी जिल्ला सदरमुकाम आईपुग्ने व्याँस गाउँपालिका–१ का वडा अध्यक्ष अशोकसिह बोहराले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया