दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ ।
सोमवार (आज) जिल्ला हुलाक कार्यालय दार्चुलाका खरिदार मिन बोहराको अध्यक्षता एंव लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, निमित्त प्रशासकीय अधिकृत अम्बादत्त जोशी, जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामी, हुलाक कर्मचारी, वडा अध्यक्षहरु, पालिका तथा हुलाकाका कर्मचारी लगायत सरोकारवालाको आतिथ्यता एंव उपस्थितिमा हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
लेकमको वडा नम्बर–५ रिठाचौपातामा रहेको इलाका हुलाक कार्यालय गाउँपालिकाको केन्द्र रातामाटामा स्तानान्तरण गरी पालिका हुलाक कार्यालयको रुपमा स्थापना गरिएको उहाले बताउनुभयो । नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार महाकाली नगरपालिकामा हुलाक काउन्टर तथा अन्य आठ वटा स्थानीय तहहरुमा पालिका हुलाक कार्यालय स्थापना भइरहेका छन् ।
हालसम्म शैल्यशिखर नगरपालिका, अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र लेकम गाउँपालिकामा हुलाक कार्यालय स्थापना भइसकेको तथा नौगाड गाउँपालिकामा सेवा प्रवाह भइसकेको तर उद्धघाटन हुन बाकीँ रहेको बताईएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया