दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर –५ पिपलगैरबाट बागाबगडमा कोठा गरि बस्दै आएका नौगाड गाउँपालिकाका एयरकोटका २२ वर्षीय देब सिंह ठगुन्नालाई ९३ ग्राम चरेशसहित (सोमवार) प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
प्रकाउ परेका ठगुन्नामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय दार्चुलामा लागुऔषध कारोबारीको सख्या बढदै गएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया