दार्चुला । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक संघ, संस्था र व्यक्तिहरूसँग निर्वाचन आयोगले अन्तरक्रिया गरेको छ। अन्तरक्रिया कार्यक्रममा पर्यवेक्षकहरूले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहिता लगायतका विषयमा छलफल भएको छ ।
छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पर्यवेक्षण गर्ने संस्थाहरूले निर्वाचन सम्पन्न भएको मितिले बढीमा ३० दिनभित्र आयोगमा प्रतिवेदन पेस गर्न आग्रह गर्नुभएको छ । प्रतिवेदन प्राप्त भएपछि निर्वाचन व्यवस्थापन सुधारका लागि दिइएका सुझावहरू क्रमशः कार्यान्वयन गर्दै लगिने समेत उहाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आयोगको कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरिएकोमा तोकिएको मितिसम्म स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक जम्मा ९ वटा संस्थाहरूलाई अनुमति दिइएको छ।
ती संस्थाहरूबाट सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा २ जनाको दरले खटाउने गरी आयोगले निर्णय गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया