दार्चुला–टिंकर सडकको निरीक्षण गर्न रक्षामन्त्री मानवीर राई नेत्तृत्वको टोली भोली दार्चुला आउदै

दुर्गादत्त मिश्र, दार्चुला । रक्षामन्त्री मानवीर राई सहितको टोली बुधबार (भोली) दार्चुला–टिंकर सडकको निरीक्षणमा आउने भएका छन् ।

राष्ट्रिय गौरबका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्रीले चासो लिएपछि सडकको निरीक्षणमा आउन लागेका हुन् । टोलीमा रक्षा मन्त्री राईसँगै भौतिक पुर्वाधार तथा यतायात मन्त्री देवेन्द्र दाहाल, नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल आउने बताईएको छ ।

मन्त्रीसहितको टोली विहान ९ बजे व्याँस गाउँपालिका वडा नम्बर –१ को सुनसेरा पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । टोलीले निर्माणाधीन दार्चुला–टिंकर सडकको निरीक्षण गर्ने तथा विकास निर्माण दल गणको निरीक्षण गर्ने बताइएको छ ।

नेपाली सेनाले ०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो । दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ७९ किलोमिटर ट्रयाक खोल्नुपर्ने छ । अहिलेसम्म सेनाले १३।५९ किलोमिटर मात्रै ट्रयाक खुलाएको छ ।

रक्षामन्त्री राई सहितको टोली दार्चुला आउने भएपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु आजै व्यासँ गाउँपालिकाको सुन्सेरा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?