दार्चुला–टिंकर सडकको निरीक्षण गर्न रक्षामन्त्री राई नेत्तृत्वको टोली दार्चुलामा

दुर्गादत्त मिश्र, दार्चुला । राष्ट्रिय गौरबको महाकाली करिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडकको निरीक्षण गर्न रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल नेत्तृत्वको टोली दार्चुला आईपुगेको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकको निरीक्षण गर्न रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दार्चुला आईपुगेको प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरबका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएपछी रक्षामन्त्री सहितको टोली सडकको निरीक्षण गर्न दार्चुला आईपुगेको हो टोलीमा नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल समेत आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

उनीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत ११ बजे व्याँस गाउँपालिका–४ सुनसेरा पुगेका छन् । नेपाली सेनाले ०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो । दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किलोमिटर भएपनी हालसम्म सेनाले १३.५९ किलोमिटर मात्र ट्रयाक खुलाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?