दुर्गादत्त मिश्र, दार्चुला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व परराष्ट्रमन्त्री एन पी साउँद चुनावी सभालाई सम्बोधन गर्न दार्चुला आईपुगेका छन् ।
जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर–५ मा मंसिर १६ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस दार्चुलाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न साउँद जिल्ला आईपुगेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिती सदस्य मदन गिरीले जानकारी दिनुभयो ।
साउँदले बिहान देशकै सात धाम मध्येको मालिकार्जुन धामको दर्शन समेत गर्नुभएको छ । आजै नेपाली कांग्रेसले दुहुँ गाउँपालिका वडा नम्बर–५ मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । साउँदलाई जिल्ला सदरमुकाम खंलगामा नेता कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
मंसिर १६ गते दुहुँ गाउँपालिका वडा नम्बर–५ मा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसबाट धन सिंह कुँवर चुनावी मैदानमा छन् । यस्तै नेकपा (एमाले) बाट मान सिंह बडाल, माओवादी केन्द्रबाट वीर सिंह कार्की र एक जना स्वतन्त्र उम्मेदवार लाल वहादुर कुँवर गरी चार जनाले चुनाव लडदै छन् ।
उक्त वडामा भोलीबाट कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचनलाई मध्यनजर गर्दै दार्चुलामा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया