दुर्घटनामा अस्ताएका कर्मचारीको सम्झनामा गोकुलेश्वर क्याम्पसले मनायो श्रद्धान्जली सभा

दुर्गादत्त मिश्र, दार्चुला । गोकुलेश्वर बहुमुखी क्याम्पसले कार्तिक ३० गते राती जिप दुर्घटनामा परि ज्यान गुमाएका कर्मचारीहरुको सम्झना सहित आत्माशान्तीको कामना गर्दै  श्रद्धान्जली सभा मनाएको छ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर –३ मडमा लागेको रात्रीजात्राबाट घर फर्कने क्रममा कार्तिक ३० गते राती जिप दुर्घटनामा परी ज्यान गुमाएका गोकुलेश्वर बहुमुखी क्याम्पसमा कार्यरत लेखा हेड असिस्टेन्ट, मिना लेखक र पुस्तकालय हेड असिस्टेन्ट दिलिप सिंह बिष्टको १३ औँ  दिनको पुण्यतिथिको अवसरमा दिवगत आत्मा शान्तिको कामना गर्दै बुधवार (आज) श्रद्धान्जली सभाको आयोजना गर्दै श्रद्धान्जली अर्पण गरिएको हो ।

गोकुलेश्वर बहुमुखी क्याम्पसका प्रमुख प्रमल सिंह महरा, क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी, विद्यार्थी अभिभावक लगायतको उपस्थितिमा मृत्तक कर्मचारीहरुको आत्मा शान्तीको कामना सहित तस्वीरमा माल्यार्पण गर्दै श्रद्धान्जली अर्पण गरिएको प्रशिक्षार्थी उषा कुमारी जोशीले जानकारी दिनुभयो ।

शालिन स्वभावका कर्मचारीको अकल्पनिय निधनले क्याम्पसमा अपुर्णिय क्षती पुगेको क्याम्पस प्रमुख प्रमल सिंह महराले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?