दार्चुलामा उपनिर्वाचनको तयारी पुरा

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा उपनिर्वाचनको तयारी पुरा भएको छ । मंसिर १६ गते जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर –५ मा हुने रिक्त वडा अध्यक्ष पदको उपनिर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिह धामीका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री जिल्ला आइपुगेको र मतदान अधिकृतहरु र सहायक मतदान अधिकृतहरुलाई हिजो तालिम  दिएर आजबाट मतदान स्थलमा खटाइने बताइएको छ ।

दुहुँको दुर्गा आधारभूत विद्यालय गरमोरामा मतदान स्थल तोकिएको छ भने क र ख मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकृत धामीले बताउनुभयो ।
एउटा मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् ।जसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र एक जना स्वयंसेवक खटिनेछन् ।

दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् । वडाअध्यक्षको लागि चार जना एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएपछी उक्त वडामा मंसिर १६ गते उपनिर्वाचन हुदैछ ।

साथै आज रातीबाट मौन अवधि सुरु हुदैछ । मौन अवधिमा चुनावी प्रचार,प्रसार लगायतका गतिविधि नर्गन सूचित गरिएको छ । निर्वाचनलाई मध्यनजर गर्दै दार्चुलामा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?