दुर्घटनामा आमाबाबु गुमाएका बालक सन्दिपका लागि तीन लाख बढी सहयोग हस्तान्तरण

दार्चुला । दार्चुलाको मालिकार्जुन जात्राबाट घर फर्किने क्रममा जिप दुर्घटनामा परि आमाबुबा दुबै गुमाएका सात वर्षीय बालक सन्दिप रावलका लागि तीन लाख बढी आर्थिक सहयोग संकलन भएको छ ।

२०८१ कार्तिक ३० गते राति मालिकार्जुन जात्रा हेरेर घर फर्किनेबेला शैल्यशिखर नगरपालिका-५ लेकगाउँका दम्पती ३० वर्षीय बिरेन्द्र रावल र २५ वर्षीया शान्ति रावल सहित आठ जनाको जिप दुर्घटनामा परि ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाएका बिरेन्द्र र शान्तिका एक मात्रै छोरा वर्ष ७ का सन्दिप रावल समेत सोही दुर्घटनामा परेपनि ज्यान जोगिएको थियो । सन्दिपका लागि स्वदेश र विदेशबाट आर्थिक सहयोग संकलन गरिएको छ । नेपालबाट दुई लाख ४५ हजार ९३९ रूपियाँ र भारतबाट ५७ हजार २०० रूपियाँ गरि संकलन भएको कुल रकम तीन लाख तीन हजार १३९ शोक सभा तथा सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।

हरकसिंह रावलको संयोजकत्वमा लोकेन्द्र सिंह डागा, दानसिंह डागा, गोबिन्द सिंह रावल, प्रेमसिंह साउद, मेखराज रावल, करबिर रावल लगायतको टिमले आर्थिक सहयोग संकलन गरेका थिए । शुक्रबार (आज) लोकेन्द्र डागाको अध्यक्षतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा शैल्यशिखर नगरपालिका-५ का वडाअध्यक्ष जनक सिंह डागाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम सञ्चालक दानसिंह डागाले बताउनुभयो । उक्त कार्यक्रममा मदनसिंह रावल, प्रकाश चन्द, हरक सिंह रावल लगायतको आतिथ्यता रहेको थियो ।

शोकसभामा मृतक दम्पतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?