दार्चुला । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार कञ्चनपुरमा सम्पन्न अधिवेशनबाट महेश प्रशाद बोहराको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा देवीदत्त पन्त, उपाध्यक्ष डम्बर बहादुर विष्ट, महासचिव विष्णुदत्त जोशी, सचिव राम बहादुर धामी, कोषाध्यक्ष भरत पन्त, सदस्य कृष्ण बहादुर विष्ट, टेक बहादुर ऐर, दुर्गादत्त भट्ट, तेजेन्द्र चन्द रहेका छन । भने पूर्णसिह हमाल लेखा संयोजक रहेकाे बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




