१२७२ मतदाता रहेको दुहुँ-५ मा २ बजेसम्म ६६६ मत खस्यो

दार्चुला । स्थनीय तह उपनिर्वाचन अन्तरगत दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाअध्यक्ष पदका लागि मतदान शान्तिपूर्ण रूपमा जारी छ । दुहुँ-५ गरमैरामा रहेको मतदान केन्द्रमा कुल १२७२ मतदाता रहेकोमा दिउँसो २ बजेसम्म ६६६ मत खसेको छ ।

गरमोराको (क) केन्द्रमा महिला १५९, पुरुष १७६ गरि जम्मा ३३५ जनाले मतदान गरेका छन भने (ख) केन्द्रमा महिला १८२, पुरूष १४९ गरि जम्मा ३३१ जनाले मतदान गरेका छन् । बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देशभर आज स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । देशका विभिन्न स्थानमा मेयर, उपमेयर, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?