दार्चुलाको दुहुँ-५ मा कांग्रेसका कुवर ३७६ मतसहित वडाअध्यक्ष निर्वाचित

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट  नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो ।  उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गर्नुभयो ।

यस्तै मा केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २० मत बदर भएको छ ।

१२७२ मतदाता रहेको दुहुँ-५ मा ८७७ मत खसेको थियो । दुहुँ-५ मा तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?