ओखलढुंगाको मोलुङ–५ मा एमाले उम्मेदवार विजयी

दार्चुला । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार गंगा तामाङ विजयी भएका छन् । उनले ३ सय ९९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् । रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याएका छन् ।

यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?