दार्चुला । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् । थापाले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् ।
मोहनले ४६८ मत पाउदा देवबहादुरले ३०१ मतमै चित्त बुझाउनु पर्यो । २०७४ सालको निर्वाचनमा सोही पदमा देवबहादुरले मोहनलाइ हराएका थिए । चुनावी मैदानमा रहेका रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरे ।
१५९३ मतदाता रहेको यस वडामा ८३९ मत खसेको थियो। १३ मत बदर भएका छन् । २०७९ निर्वाचनमा यो वडामा कांग्रेसलेनै विजयी प्राप्त गरेको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




