रौतहटको ईशनाथ–७ मा कांग्रेस उम्मेदवार विजयी

दार्चुला । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तेस्रो भएका छन् । एकीकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत प्राप्त गरेका छन् । यसअघि यो वडा नेकपा एमालेका शेख खलीउल्लाहले जितेका थिए । शेख अब्दुल खालिक त्यतिबेला पनि कांग्रेसबाट उम्मेदवार थिए । उनले त्यतिबेला ५ सय ७८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?