दार्चुलामा १२ लाख बढी भन्सार छलीको सामान सहित एक जना प्रकाउ

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भन्सार छलीको समान सहित एक जना प्रकाउ परेका छन् ।

प्रहरीलाई पाप्त गोप्य सूचनाका  आधारमा जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–८ देवलका राम दत्त जोशीको घरको कोठा भाडामा लिई बस्दै आएका बासु देब जोशीले लुकाई छिपाई राखेको १२ लाख ५० हजार बराबरको भन्सार छलीको समान सहित आइतवार बेलूकी जोशीलाई प्रकाउ गरी आवश्यक कार्वाहीका लागी भन्सार कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

घरभित्रै लुकाएर राखेको अवस्थामा ३८ पेटी विडी, नौँ पेटी सलाई, तीन पेटी सुर्ती र ३५९ जोर चप्पल गरी १२ लाख ५० हजार मुल्य बराबरको भन्सार छलीको समानसतिह जोशीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?