दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार शेर्पा बिजयी

दार्चुला । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको मत परिणामअनुसार माओवादी केन्द्रकी निमलेकी शेर्पाको २ हजार ६ सय  मत प्राप्त गर्नुभएको छ।। यस्तै नेपाली कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७२७ मत पाउनुभएको छ ।

यस्तै, रास्वपाकी उमा श्रेष्ठको १००, नेकपा एसकी रविना खड्काको ९० मत, राप्रपाको मनुकुमारी श्रेष्ठको ११८ मत पाउनुभएको छ।

गौरीशंकरमा ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका थिए । गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?