दुर्गादत्त मिश्र, दार्चुला । साइनिङ नेपाल फाउन्डेसन र शान्ती सेवा गृह काठमाडौं ले दार्चुलाका तीन विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक साम्रगी वितरण गरेको छ ।
संस्थाले जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–६ मा अवस्थित बालिचन आधारभूत विद्यालय तिउनेगाउँ, खोदाइनाथ आधारभूत विद्यालय गणेत र मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँका ३५० जना विद्यार्थीहरुलाई एक–एक थान नयाँ लुगा, मञ्जन तथा शैक्षिक साम्रगी वितरण गरिएको मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँका प्रध्यानाध्यापक बिजय राज मिश्रले जानकारी दिनुभयो ।
मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँकाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीनन्दन नाथको अध्यक्षता एंव वडा अध्यक्ष हरी बहादुर साउँद, जनप्रतिनिधिहरु, शिक्षक विद्यार्थी, अभिभावक लगायत सरोकारवालाको उपस्थितिमा न्यानो लुगा सहित शैक्षिक साम्रगी वितरण गरिएको बताइएको छ ।
विद्यालयहरुले लुगा सहित शैक्षिक साम्रगी सहयोग गर्ने संस्था तथा सहजिकरणमा सहयोग गर्ने सामाजिक अगुवाहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया