दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा मंसिर २४ गतेबाट नेपाली कांग्रेसको सय दिने विशेष अभियान सञ्चालन हुने भएको छ ।
कात्तिक २३ गतेदेखि जिल्लाव्यापी रुपमा सञ्चालन भएको अभियान पुस महिनासम्म सञ्चालन हुने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य मदन गिरीले जानकारी दिनुभयो ।
जिल्लाको लेकम गाउँपालिकामा मंसिर २४ गतेबाट २९ गतेसम्म गरी पालिका र वडास्तरहरुमा कार्यक्रम सञ्चालन हुने नेपाली कांग्रेस लेकम गाउँ कार्य समिती सचिव शिव राज जोशीले बताउनुभयो । अभियानले नेता कार्यकर्तामा जाँगरण ल्याउने, पार्टी संगठन निर्माण र सुदृढीकरणमा सहयोग पुर्याउने भएकाले सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहहरुमा अभियान जारी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया