दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर –१ भर्तोलाका ४० वर्षीय देव सिंह बोहराको भिरबाट लडेर मृत्यु भएको हो।
बोहराको स्थानीय भर्तोला बजारबाट घर फर्किने क्रममा काँचुली खोला भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
पछिल्लो समय दार्चुलामा भिरबाट लडेर ज्यान गुमाउनेको संख्या बढदै गएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया