दार्चुला । बैतडीमा निस्सासिएर एक विद्यार्थीको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत सुर्नया गाउँपालिका–५ घर भएका प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ बर्षीय अपिल बिष्टको मृत्यु भएको पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिंह भाटले बताउनुभयो । डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए। एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइला समेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
ढोका लगाएर सुतेका उनको निस्सासिएर मृत्यु भएको उनले बताउनुभयो । कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। तत्काल उपचारका लागि डडेल्धुरा अस्पातल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको वडाअध्यक्ष भाटले जानकारी गराउनुभयो । मृतक अपिलका बुवा नरेश बिष्ट रोजगारीको सिलसिलामा भारतमा छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया