दार्चुलामा पाँच दिनको अवधिमा भिरबाट लडेर तीन जनाको मृत्यु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भिरबाट लडेर अकालमै ज्यान गुमाउनेको संख्या बढदै गएको छ ।

पाँच दिनको अवधिमा जिल्लाका विभिन्न स्थानमा भिरबाट लडेर तीन जनाले ज्यान गुमाएका छन् । शुक्रवार (हिजो) मात्रै लेकम गाउँपालिका वडा नम्बर–३ गुमखोलीस्थित बसुनढुङ्गा भिरबाट लडेर २३ वर्षीय महेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै मंसिर १८ गते शैल्यशिखर नगरपालिका वडा नम्बर–५ आगर (लेकगाउँ) की ३६ वर्षीया दुर्गा रावलको र १९ गते मालिकार्जुन –१ भर्तोलाका ४० वर्षीय देव सिंह बोहराको भिरबाट लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?