राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार अस्पतालबाट डिस्चार्ज

दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारपछि आज डिस्चार्ज हुनुभएको छ ।

उहाँ गएको बुधवार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको बुधवार नै प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज दिउँसो डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको छ ।

राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मीलगायतप्रति आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?