लेकम गाउँपालिकामा लैङ्गिक हिंसा विरूद्ध जनचेतनामूलक सडक नाटक प्रतियोगिता (नतिजासहित)

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा लैङ्गिक हिंसा विरूद्धको जनचेतनामूलक सडक नाटक प्रतियोगिता सम्पन्न भएको छ । वडा स्तरीय सडक नाटक प्रतियोगितामा वडा नम्बर ४ को टिम प्रथम, वडा नम्बर ३ को टिम द्वितीय, वडा नम्बर ६ को टिम तृतीय, वडा नम्बर ५ को टिम चतुर्थ, वडा नम्बर २ को टिम पाँचौ र वडा नम्बर १ को टिम छैटौं भएका छन् ।

कार्यक्रमलाई प्रथम हुने टिमलाई नगद ६ हजार, द्वितीय टिमलाई ४ हजार, तृतीय टिमलाई ३ हजार र सान्वना पुरस्कार २ हजार रूपैयाँ प्रदान गरिएको छ ।

हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक बर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर चल्ने गर्दछ । अभियान अन्तरगत नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेका छन् ।

दार्चुलाको लेकम गाउँपालिकामा शनिबार (आज) आयोजित सडक नाटक प्रदर्शनी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षता र गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडा नम्बर २ र ४ का वडाअध्यक्ष सहित जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, कर्मचारी, महिला, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा अधिकृत छैटौं शेखर ओझाले बताउनुभयो ।

रोजगार संयोजक राधापल्लब जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख सीता गुरूङले राख्नुभएको थियो । कार्यक्रममा शुभकामना सन्देश दिने वक्ताहरूले कसैले पनि हिंसा, अपमान र विभेद महसूस गर्न नपरोस् भन्ने धारणा राखेका छन् । यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान दिने भएकोले परिवर्तन सबैले आफुबाट सुरू गर्नुपर्ने वक्ताहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?