दार्चुलाको महेन्द्र नमुना माविका प्रधानाध्यापक जोशीको सम्मानसहित भव्य विदाइ

दार्चुला । दार्चुलाको महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीको सम्मानसहित भव्य विदाइ गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा अवस्थित महाकाली नगरपालिका-४ खलंगाका प्रधानाध्यापक जोशी उमेर हदका कारण अनिवार्य अवकाशप्राप्त भएपछि विद्यालय परिवारले भव्य समारोहबीच विदाइ गरेको हो ।

आफ्नो जीवनकालमा ३६ वर्ष शिक्षण पेशामा विताउनुभएका जोशीको विदाइ समारोहमा उपस्थित सबैले उहाँले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

महेन्द्र नमुना माविको शैक्षिक विकासमा जोशीको महत्त्वपूर्ण योगदान रहेको भन्दै विदाइ समारोहमा प्रशंसा भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?