दुर्गादत्त मिश्र, दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुलाका नव निर्वाचित कार्यसमितीका पदाधिकारीलाई प्रमाण पत्र सहित बधाई ज्ञापन  गरिएको छ ।

जिल्ला  अध्यक्षमा गठबन्धनबाट प्रेस चौतारीका राजेन्द्र सिह धामी, उपाध्यक्षमा प्रेस युनियनका गणेशसिह धामी, महिला उपाध्यक्षमा चौतारीका बिमला भुजेल धामी, सचिवमा प्रेस युनियनका सुन्दरसिह धामी, समावेशी सहसचिवमा समाजवादी प्रेस संगठनबाट सोहिता बोहरा र कोषाध्यक्षमा चौतारीका ललित सिह सामन्त निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यस्तै खुल्ला जिल्ला–सचिवको लागि मंसिर २८ गते (हिजो) भएको निर्वाचनमा प्रेस सेन्टरका हरिप्रसाद जोशी निर्वाचित हुनुभएको थियो । युनियनबाट जोशीका निकटतम प्रतिस्पर्धी कृष्णबहादुर धामी (किरन) लाई ३ मतले पराजित गर्दै जोशी निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्रसिह कार्कीले जानकारी दिनुभयो ।

निर्वाचित सम्र्पुण पदाधिकारीलाई आज एक कार्यक्रमका बिच  प्रमाण पत्र सहित बधाई ज्ञापन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?