दार्चुलामा जिप चालक करन महराको मृत्यु

दार्चुला। दार्चुलामा एक जना जिप चालकको मृत्यु भएको छ । दुहुँ गाउँपालिका-५ पासुबस्ने ५१ वर्षीय करन सिह महराको ज्यान गएको हो।

आइतबार (आज) बेलुकी ५ बजेतिर दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट दुुहुँ गाउँपालिकाको हिकिलातर्फ जादै गरेको जिप चालक महराको दुहुँ गाउँपालिकाको वडा नम्बर ३ राताकाठा नजिक जिप रोकेर पानी पिउदैँ गर्दा एक्कासी बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र जिल्ला अस्पतालमा डाक्टरहरुले उनलाई मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनलाई हृदयघात भएको अनुमान गरिएको छ । महराको सव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?