दार्चुला । काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको असामयिक निधनमा आज काठमाण्डौ महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
८७ वर्षीय सिंहको निधनमा महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको हो । सिंह २०४९ सालमा भएको स्थानीय चुनावबाट काठमाण्डौ नगरपालिकाका मेयरका रुपमा निर्वाचित हुनुभएको थियो ।
उहाँकै कार्यकालमा २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अहिले उहाको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया