हुनैनाथ मावि कुणीको ४५ औँ वार्षिकोत्सब उद्घाटन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित हुनैनाथ मावि कुणीको ४५ औँ वार्षिकोत्सब भव्यताका साथ उद्घाटन भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बहादुर सिंह खत्रीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, शिक्षा शाखा प्रमुख केशवराज ओझा, हुनैनाथ मावि रातामाटाका सहायक प्रधानाद्यापक निलकण्ठ जोशीसहित छिमेकी विद्यालयका प्रधानाद्यापकहरु, शिक्षक, कर्मचारी, अभिभावक लगायतको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सबको अवसरमा विद्यार्थी प्रतियोगिहरुबिच बक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ । यस्तै सांस्कृतिक कार्यक्रम प्रस्तुती र शुभकामना मन्तव्य प्रस्तुत गरिएको छ । विद्यालयको बार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाद्यापक अम्बादत्त जोशीले प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको कुल आय १ करोड ५१ लाख १८ हजार २५ रुपियाँ र कुल व्यय १ करोड २९ लाख ३८ हजार ३४३ रुपियाँ रहेको छ । मावि कुणीसंग कुल बचत २१ लाख ७९ हजार ६८१ रुपियाँ रहेको उहाँले बताउनुभयो ।

आज उद्घाटन भएको वार्षिकोत्सब भोलि सम्पन्न हुनेछ । शुभकामना मन्तव्य, पुरस्कार वितरण र समापन कार्यक्रम भोलि आयोजना हुने प्रधानाद्यापक जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?