२४ घण्टामा एक हजार २०७ सङ्क्रमित, एक हजार १४७ सङ्क्रमणमुक्त

दार्चुला । नेपालमा कोभिड–१९ का एक हजार २०७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरस सङक्रमितको संख्या ७१ ह्जार ८२१ पुगेको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा एक हजार १४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन् । हाल १८ हजार ३४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ६७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?