स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको वार्षिक समिक्षा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको वार्षिक समिक्षा बैठक शुक्रबार (आज) सम्पन्न भएको छ । दार्चुलाका विद्यालयहरूमा अहिले चामल, तेल बाहिरबाट आउने र दाल, तरकारी, मसला स्थानीय उत्पादित प्रयोग हुने गरेको छ ।

सप्रोस नेपाल दार्चुलाका कार्यक्रम संयोजक कृष्णसिंह ठगुन्नाका अनुसार दार्चुलामा ३३९ विद्यालयका कक्षा नर्सरीदेखि ८ सम्म २५ हजार ७५४ विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित भएका छन् । १८० दिन वर्षभरिमा विद्यालय खुल्ने अनुमानसहित
प्रतिदिन प्रति विद्यार्थी चामल ८० ग्राम, दाल २० ग्राम, तेल १० ग्राम, नुन २ ग्राम, तरकारी ४० ग्राम गरि १५२ ग्राम उपलब्ध गराउने गरिएको छ । बालबालिकाको पोषण सुधार हुदा स्वास्थ्य र पढाइमा सुधार हुने भएकोले यो कार्यक्रमलाई सरकारले पनि प्राथमिकतामा राखेको छ । अहिले विभिन्न सहयोगी संस्थामार्फत सञ्चालित यो कार्यक्रम सन् २०२८ देखि गाउँपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो ।

आली देखि थाली सम्म दिवा खाजा स्वस्थ्य र पोषणयुक्त हुनुपर्ने कुरामा सबैले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । कार्यक्रमका राम्रा र कमजोर पक्षको बारेमा समिक्षा गरिएको छ । दार्चुलाको अधिकांश पालिकामा समिक्षा बैठक सम्पन्न भइसकेको छ ।

शुक्रबार लेकममा सम्पन्न बैठकमा लेकममा ४७ विद्यालयका दुई हजार ४८८ विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित रहेको जानकारी गराइएको छ । सप्रोस नेपालले शुक्रबार (आज) आयोजना गरेको उक्त कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, वडाअध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीसहित कर्मचारीहरू, जनप्रतिनिधि, दिवा खाजा व्यवस्थापन समिति, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

लेकम गाउँपालिकाले दिवा खाजा कार्यक्रमलाई सहयोग पुग्ने गरि लगानी गर्दै आएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । दिवा खाजा कार्यक्रमका चुनौती समाधान गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?