बैतडीको सिगास केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भुकम्प

दार्चुला । बैतडीको सिगास गाउँपालिका वडा न ७ को न्वाघर केन्द्रबिन्दु भएर भुकम्प गएको छ । आज बिहान ७ : ५४ मा न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुक्म्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद राजेश शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र  (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड (ML)  ४.६ को भूकम्प हो।

भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।

पुस लागेपछि पश्चिम नेपालमा अहिलेसम्म आठ वटा भूकम्प गएका छन् । पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा एक सय भन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्‍याएको छ ।

जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक–पटक भूकम्प गइरहेका छन् । भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?