बैतडीका दुई ठाउँबाट  १६ लाख बढीको भन्सार छलीको बिँडी बरामद

दार्चुला । बैतडीबाट १६ लाख रुपैयाँ बढीको भन्सार छलेर ल्याएको बिँडी बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान दोगडकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका –६ बाट भन्सार छलीको बिँडी बरामद गरेको हो ।

दोगडाकेदार गाउँपालिका–४ लट्क्वालीमा से १ ज ८४४ नम्बरको बोलेरो जिप चेकजाँच गर्ने क्रममा ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जिपमा भन्सार छलीको बिँडी फेला परेपछि जिप चालक २६ बर्षीय सुरज ठगुन्नासहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको उनले बताए ।

यस्तै सुर्नया गाउँपालिका–६ रीगामा से १ ज २२१ नम्बरको बोलेर जिप चेकजाँच गर्ने क्रममा उक्त जिपबाट ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको छ । सुर्नया गाउँपालिका –२ का २१ बर्षीय जिप चालक हरिश बिष्टसहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

बैतडीमा एकै दिन १६ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको बिँडी बरामद गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?