दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा भकारो सुधार कार्यक्रम अन्तरगत पानी टंकी निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । कमला रैखोलाको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो । समितिको कोषाध्यक्षमा मिना देवी बोहरा र सचिवमा श्यामराज जोशी चयन हुनुभएको छ । यस्तै उक्त कार्यक्रमको अनुगमन गर्न केशव दत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति चयन गरिएको छ । उपभोक्ता समिति गठन भेलामा वडा सदस्य कौशीला लुहार, वडा सचिव दिपकसिंह धामी लगायत कर्मचारी र उपभोक्ताहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
भकारो सुधार कार्यक्रम अन्तरगत लेकम गाउँपालिका वडा नम्बर ५ ले चालू आर्थिक वर्षमा १०० वटा पानी टंकी निर्माण गर्न २० लाख बजेट विनियोजन गरेको छ । एउटा टंकी निर्माण गर्न २० हजार बजेट वडाले उपभोक्तालाई सहयोग गर्ने गरेको छ । स्थानीय तहको दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले खानेपानी समस्या भएका वडाभरीका सबै घरमा पानी टंकी निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम सुरू गरेको बताएका छन् ।
आफ्नो कार्यकालको पाँच वर्षभित्र इच्छुक सबै उपभोक्ताको घर परिवारलाई टंकी वितरण गर्ने योजना रहेको वडाअध्यक्ष बलदेव सिंह बोहराले बताउनुभयो । भकारो सुधार कार्यक्रम अन्तरगत निर्माण भएको टंकीलाई उपभोक्ताले आवश्यकताको आधारमा खानेपानी संकलन गर्न, गहत मल संकलन गर्न लगायत उपयुक्त प्रयोजनका लागि प्रयोगमा ल्याउन सक्ने उहाँको भनाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया