दार्चुलाको दुहुँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जनविकास मावि बारबाँजलाई

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा सम्पन्न पाचौं स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज दुहुँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी जनविकास मावि बारबाँजले प्राप्त गर्न सफल भएको छ ।

यस्तै आजै शैल्यशिखर नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी गोकुलेश्वर मावि गोकुलेले जितेको छ । अहिलेसम्म जिल्लाका छ पालिकामा प्रतियोगिता सम्पन्न भइसकेको छ।

महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा स्थानीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुन बाकी रहेको छ । सबै पालिकाले स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि पलिकाको टिम छनोट गर्नेछन् ।

जिल्ला स्तरीय प्रतियोगितामा नौँ वटै स्थानीय तहबाट एक/एक गरि नौँ टिमबिच विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा हुनेछ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी उत्कृष्ट खेलाडीको टिम छनोट गरि प्रदेश स्तरीय प्रतियोगितामा पठाइनेछ । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?