दार्चुला जिल्ला प्रशासन कार्यालयद्धारा ५० जनालाई घरदैलोमै सेवा प्रदान, अशक्तलाई राहत

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले हाल सम्म ५० जनालाई घरदैलो सेवा प्रदान गरेको छ । प्रशासन कार्यालयसम्म आउजाउ गर्न नसक्ने नागरिकलाई लक्षित गरि २०७९ सालबाट सुरु गरिएको घरदैलो कार्यक्रमबाट हालसम्म जिल्लाका ५० जनालाई घरदैलो सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यलय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो ।

२०७९ साल भदौ ७ गते महाकाली नगरपालिका  वडा नम्बर ७ का एक जनालाई नागरिकता प्रमाण पत्र दिएर सुरु भएको घरदैलो कार्यक्रम बाट हाल सम्म २८ जालाई नागरिकता प्रमाण पत्र प्रदान गरिएको र २२ जनाको राष्ट्रिय परिचय पत्रको लागी विवरण दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्रका जिल्ला प्रशासन कार्यालय सम्म आउन नसक्ने नागरिकलाई घरदैलोमै पुगेर सेवा दिने उदेश्यले सञ्चालन गरिएको कार्यक्रम हाल पनि जारी रहेको र प्रभावकारी रुपमा सञ्चालन भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।  उक्त कार्यक्रम अन्तरगत विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई उनिहरुको घरदैलोमा पुगेर सेवा दिने गरिएको छ । प्रशासनीक सेवाबाट कुनै पनि नागरिक बञ्चीत हुन नपरोस भन्ने उदेश्यले उक्त अभियान सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

प्रशासन कार्यालयले यो बर्ष मात्रै जिल्लाका विभिन्न स्थानमा ४ पटक उक्त कार्यक्रम सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी साउँदले बताउनुभयो। गत पुस २९ गते मात्रै जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४ र ५ का १५ जनालाई उक्त कार्यक्रमबाट घरदैलोमै पुगेर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । पुस २९ गते सार्वजनिक विदाको दिन घरदैलोमै पुगेर नगरपालिकाको वडा नम्बर ४ र ५ मा बस्ने हिडडुल गर्न सक्ने अवस्थामा नरहेका २ जना अपाङ्ग र १३ जना जेष्ठ नागरिकलाई नागरिकता प्रदान गरिएको र २१ जनाको राष्ट्रिय परिचय पत्रको विवरण पनि दर्ता गरिएको उहाँले बताउनुभयो । प्रशासनीक पहुँचलाई सबै नागरिक सम्म सजिलै पुगाउनको लागी शनिबार वा विदाको दिन पारी कार्यक्रम सञ्चालन गर्ने गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सम्म आउन नसक्ने नागरिक भए सेवाका लागि समन्वय गरिदिन वा प्रशासनमा सूचना दिन सबै स्थानीय तह र वडाहरुलाई जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?