अपिहिमालको खण्डेश्वरी माविका कोठा रंगिचंगी बनाइदै

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी माविका कक्षाकोठा रंगिचंगी बनाइदै छन् । अपिहिमाल गाउँपालिका र प्राेजेक्ट रंगिचंगीकाे सहकार्यमा खण्डेश्वरी माविमा कक्षा १ देखि १० सम्मकाे प्रत्येक काेठामा कक्षा अनुरुपको थिम अनुसार चित्र काेरिदैछन् ।

प्राेजेक्ट रंगिचंगीले सातै प्रदेशका एक/एक बिद्यालयमा याे कार्यक्रम गर्ने याेजना अनुरुप अपिहिमालकाे खण्डेश्वरीमाबि छनाैट भएकाे गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले बताउनुभयो । साथै भवानी मावि साैगन्नामा थप शैक्षिक सामग्री तथा अन्य सपाेट गर्ने बताइएको छ।

प्राेजेक्ट रंगिचंगीले स्थानीय बालबालिकालाई आधारभुत आर्ट कला समेत सिकाउदैछन । याे प्राेजेक्ट मार्फत अपिहिमालकाे पर्यटन प्रबर्द्धन का साथै शैक्षिक क्षेत्रमा नयाँ सपाेट गर्ने कार्यक्रम समेत रहेकाे उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?