दार्चुलाको लेकम-२ गराडीबाट लिसिनि भिर हुँदै रातामाटा जोड्ने सडकको काम सुरू

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-२ गराडीबाट लिसिनि भिर, ल्युणेत हुदै रातामाटा जोड्ने सडकको निर्माण कार्य गराडीबाट सुरू भएको छ।

गराडी अस्पतालदेखि लिसिनि भिर हुँदै गाउँपालिकाको केन्द्र रातामाटासम्म उक्त सडक निर्माण हुने लेकम-२ का वडाअध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो । उक्त सडकमा संघीय सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरि सडक डिभिजन कार्यालय बैतडीमार्फत कार्यान्वयन भइरहेको उहाँले बताउनुभयो ।

गराडीदेखि लिसिनिसम्म ट्याक खुलेको उक्त सडकको काम लामो समयदेखि ठप्प रहेकोमा आजदेखि स्काइभेटर मेसिनमार्फत निर्माण कार्य सुरू भएको स्थानीय बाशुदेव जोशीले बताउनुभयो । गराडीदेखि लिसिनिसम्म सडकको ग्रेड मिलाउने र लिसिनि भिरदेखि रातामाटासम्म नयाँ ट्याक निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?